साना किसान लघुवित्तको आकर्षक लाभांश प्रस्ताव, हेर्नुहोस् बोनस र नगद कति ?



ज्ञानमाण्डू।साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल मङ्सिर ८ गते, बुधबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ सम्मको संचित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल २६.३२ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवितको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २६.१२ प्रतिशतले हुन आउने ३१ करोड २८ लाख ८२ हजार ४७४ रुपैँया ५२ पैसा बराबरको बोनस शेयर र १.३१५७८९४७४ प्रतिशतले हुन आउने १ करोड ६४ लाख ६७ हजार ५१२ रुपैंया ९२ पैसा बराबरको नगद लाभांश(कर प्रयोजनार्थ समेत) गरी जम्मा २६.३१५७८९४७४ आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने साना किसान विकास वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको बराबर रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा साना किसान विकास लघुवित वित्तिय संस्था लिमिटेडले २५ प्रतिशतले हुन आउने बोनस शेयर र १.३२ प्रतिशतले हुन आउने नगद लाभांश गरी जम्मा २६.३२ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x