जनता बैङ्कले मुद्दती र बचतमा अहिले सम्मकै सर्वाधिक ब्याज दर प्रदान गर्ने


ज्ञानमाण्डू । जनता बैङ्कले समकालीन वित्तीय बजारलाई मध्यनजर गर्दै ग्राहकहरूको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरेको कुरा जनाएको छ । बैंकद्धारा जारी प्रेस विज्ञप्तिमा बैङ्कले स्वीकार गर्ने मुद्दती निक्षेपमा ग्राहकहरूले अहिले सम्मकै सर्वाधिक ब्याज पाउने कुरा जनाइएको छ । विज्ञप्तिमा मासिक ब्याज पाउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर कायम गरिएको र न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने जनाइएको छ  । यो योजना सीमित अवधिको लागि र व्यक्तिगत निक्षेपमा लागु गरिएको साथै बैङ्कको सम्पूर्ण बचत खाताको ब्याजदर समेत वार्षिक ७% कायम गरिएको कुरा समेत विज्ञप्तिमा जनाइएको छ । उपरोक्त ब्याज दर यही २०७५ मङ्सिर १९ गते देखि लागु हुने कुरा समेत बैकले जनाएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x