नाफामा उलेख्य वृद्धि गर्न सफल छिमेक लघुवित्तको कति छ प्रतिशेयर आम्दानी ?

ज्ञानमाण्डू। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८७.२४ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ६४ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १ अर्ब २१ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छिमेक लघुवित्तले २२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै छिमेक लघुवित्तले ६ अर्ब २१ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा ३ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

छिमेक लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७.७५ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.६३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ६६ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ८५ पैसा छ र मूल्य आम्दानी अनुपात २६.१६ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x