एन आई सी एशिया बैंकद्वारा खातावालालाई उपचार वापत १५ लाख रूपैयाँ बीमा रकम भुक्तानी

ज्ञानमाण्डू। एन आई सी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी श्री महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत रू १५ लाख प्रदान गरेको छ । उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीले २०७६ चैत्र ४ का दिन उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । श्री महेश अग्रवालले बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता खोले वापत उक्त रकम प्राप्त गरेका हुन् । आफ्नो ओपन हर्ट सर्जरी भए पश्चात सो खाताभित्र घातक रोगहरूको बीमा सुविधाअन्तर्गत खातावालाले बीमा रकम दावी गरेका थिए । यसैगरी बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका १ सय २७ भन्दा बढी ग्राहकहरूले बीमा वापतको रू ८७ लाख भन्दा बढी रकम प्राप्त गरिसकेको कुरा बैंकले जनाएको छ ।

बीमा सहितको बचत सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्य अनुरुप बैंकले विभिन्न चमत्कारिक सुविधा सहित तीन किसिमका बीमा योजनाहरू समेटिएको न्यू सुपर चमत्कारिक बचत खाता सञ्चालनमा ल्याएको छ । यस योजनाअन्र्तगत खाता खोल्ने ग्राहकहरूले रू २१ लाख सम्मको बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रू १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र रू १ लाख सम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । औषधी उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (OPD) उपचारमा रू २० हजार सम्म र अस्पताल भर्ना वापत रू ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्नेछ ।
 
एन आई सी एशिया बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत करिब २१ लाख ग्राहकहरूलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 NIC ASIA BANK

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x