सीईडिबि हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, हेर्नुहोस् पहिलो कारोबारको रेन्ज कति ?



ज्ञानमाण्डू। सीईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ नेप्सेमा सूचीकरण भएको छ ।

नेप्सेले सीईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको पहिलो कारोबारका लागि न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म रेन्ज तोकेको छ, अर्थात् सोही रेन्जभित्र रहेर सीईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पहिलो कारोबार हुने नेप्सेले जानकारी दिएको छ ।



'सीएचडिसी'(CHDC) प्रतीक चिन्हमा सीईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार हुनेछ । सीईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको चुक्ता पुँजीका आधारमा कायम ८३ लाख ९४ हजार १०० कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकरण भएको हो ।

सीईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २०७८ साल बैशाख १७ गतेदेखि २०७८ साल बैशाख २० गतेसम्म प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको थियो।

सीईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो कूल जारी पूँजी रु.८३,९४,१०,०००/- (अक्षरेपी त्रियासी करोड चौरानब्बे लाख दस हजार) को ३०% अर्थात् रु.२५,१८,२३,०००/- (अक्षरेपी पच्चीस करोड अठार लाख तेइस हजार ) रकम बराबरको प्रति कित्ता रु. १००/- अंकित दरका २५,१८,२३० कित्ता शेयरको २% अर्थात् ५०,३६५ कित्ता शेयर कर्मचारीहरुलाई, ५% अर्थात् १,२५,९११ कित्ता शेयर सामूहिक लगानी कोषको लागि संरक्षण गरि बाँकि रहेको २३,४१,९५४ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरिएको हो ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सीईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई “केयर (एनपि बि बि (आइएस)[CARE-NP BB(Is)” रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको (Moderate risk of default regarding timely servicing of financial obligations) भन्ने जनाउंदछ । सो ग्रेडिङ्ग को बैद्यता अवधि एक वर्ष रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x