ग्लोबल आइएमई बैंकका STC डेबिट कार्ड प्रयोगकर्तालाई दसैँमा ३३.३३ प्रतिशत क्यासब्याक


ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकका SCT debit कार्ड प्रयोगकर्ताहरूले यो दसैँमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्नेभएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजी (SCT) सँगको सहकार्यमा यसपालिको दसैँका लागि SCT डेबिट कार्ड भएका ग्राहक लक्षित “SCT तथा UPI कार्डको दमदार दसैँ धमाका थ्री–डी अफर” अन्तर्गत ग्राहकहरूले क्यासब्याक प्राप्त गर्नेछन् ।

यो योजना हालसम्मकै सबैभन्दा ठुलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (POS) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने SCT डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात् रु. १,००० (अधिकतम) सम्म क्यासब्याक पाउनेछन् ।

यस योजनापश्चात् SCT कार्ड होल्डर ग्राहकहरूलाई SCT कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।

असोज १ गतेदेखि दसैँभर चल्ने यो योजनामा कम्तीमा ३ वटा पस (POS) कारोबार गर्ने कार्ड होल्डरलाई रु. ५०० तथा कम्तीमा ६ वटा पस ९एइक्० कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई रु. १,००० क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा रु. ५०० को हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ ।

आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

मुलुकका सतहत्तरै जिल्लामा २९० शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसै गरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x