नेपाल बंगलादेश बैंकको नाफा १६.५२% बढ्यो, अन्य सूचकहरू कस्ता छन् ?

ज्ञानमाण्डू।नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खुद नाफामा सुधार देख्न सकिन्छ।

आर्थिक वर्ष २०७७७८ को दोस्रो त्रैमासको अवधिसम्ममा बैंकले ९४ करोड १२ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ८० करोड ७७ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले १६ दशमलव ५२ प्रतिशत बढी खुद नाफा आर्जन गर्न सफल भएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ प्रतिशत घटेर १ अर्ब २४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ८ दशमलव ०१ प्रतिशतको गिरावटा हो ।

पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा पनि ५ दशमलव १६ प्रतिशतले बढेर ४६ करोड ७ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ४३ करोड ८१ लाख ३२ हजार रुपैयाँ थियो ।साथै,बैंकको सञ्चालन नाफा पनि १८ दशमलव ८९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ९० लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद व्यापार आम्दानी १० करोड ५९ लाख रुपैयाँबाट बढेर १६ करोड ७ लाख पुगेको छ भने अन्य सञ्चालन आम्दानी २ करोड २४ लाख रुपैयाँबाट बढेर ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा बैंकको १६ करोड ११ लाख रुपैयाँ इम्पेरमेन्ट रिभर्स भएको छ।

८ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल बङ्गलादेश बैंकको जगेडा कोषमा ४ अर्ब ४६ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा बैंकको जगेडा कोष १८ दशमलव ९० प्रतिशत र रिटेन्ड अर्निङ्ग ३० दशमलव १६ प्रतिशतले बढेको हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको निक्षेप संकलन ५ दशमलव ५० प्रतिशतले बढेर ७० अर्ब ८ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने कर्जा ३ दशमलव ०८ प्रतिशतले बढेर ६० अर्ब ९२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ दशमलव ९२ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २ दशमलव ३७ प्रतिशत पुगेको छ। 

गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा १९ रुपैयाँ २ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ५० पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १२ दशमलव ७३ गुणा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x