धितोपत्र बजारमा गिरावट, नेप्से ३०४४.८७ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३०४४ दशमलव ८७ को विन्दुमा कायम भएको छ ।यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ५९ अंकले घटेर ५६२ दशमलव ८६ को विन्दुमा पुगेको छ ।

आज कूल २२७ कम्पनीका २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर रु १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये वित्त उपसमूह २१ दशमलव ८८ अङ्कले बढेका छन् । बैंकिङ उपसमूह ३० दशमलव ०५ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ६२ दशमलव १६ अङ्कले, होटल तथा पर्यटन उपसमूह ३१.७१ अङ्कले, विकास बैंक उपसमूह ५३.१९ अङ्कले, जलविद्युत ८९.२६ अङ्कले, निर्जीवन बीमा २५३.०७ अङ्कले, उत्पादन उपसमूह ३८.४८ अङ्कले, अन्य उपसमूह ३६.६२ अङ्कले, लघुवित्त उपसमूह ११५.२ अङ्कले, जीवन बीमा ३०४.२ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०६ अङ्कले र लगानी उपसमूह १ दशमलव ९३ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x