बैंक तथा वित्तीय संस्थाहरूले म्यूचूअल फंड सञ्चालन गर्न पाउने

ज्ञानमाण्डू। एकीकृत निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले सामूहिक लगानी कोष (म्यूचूअल फंड) सञ्चालन गर्न पाउने भएका छन् । त्यसका लागि उनीहरुले सहायक कम्पनी स्थापना गर्नुपर्नेछ । सोही कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने छन् । त्यसका लागि तोकिएको शर्त भने पालना गरेर इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्न सक्ने छन् ।

योजना व्यवस्थापनसँग सम्बन्धित कार्यका लागि सहायक कम्पनी खडा गर्नुपर्नेछ, त्यस्तो कम्पनी खडा गर्दा हुन गएको लगानीलाई राष्ट्र बैंकले तोके अनुसारको जोखिम भार प्रदान गर्ने छ । त्यसका लागि वित्तीय कारोबार सञ्चालन भएको पाँच वर्ष पुरा भएको हुनु पर्ने छ । पछिल्लो तीन वर्षदेखि लगातार मुनाफा गरेको हुनुका साथै सञ्चित नोक्सानीमा रहेको हुन नहुने व्यवस्था गरिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाका सञ्चालक वा कार्यकारी प्रमुख राष्ट्र बैंकको कारवाहीमा नपरेको र त्यस्तो कारवाहीमा परेको भए फुकुवा भएको तीन वर्ष पुगेको हुनु पर्ने शर्त छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x