काठमाडौँमा माघ ५ गते देखि ६ दिने शेयर तालिम सुरू हुँदै

ज्ञानमाण्डू।साइन्टिफिक लर्निङ सेन्टर प्रा.लि.ले आधारभूत शेयर तालिमको आठौँ ब्याच २०७६ साल माघ ५ देखि १० गते सम्म प्रत्येक दिन बिहान ७ बजे देखि ९ बजेसम्म संचालन गर्ने भएको छ ।

कोटेश्वर, काठमाडौँ स्थित कम्पनीको तालिम केन्द्रमा संचालन हुने सो तालिममा अधिकतम ३० जना सहभागी हुन सक्ने, र तालिमका विशेषताहरुमा शेयर बजार के हो र कसरी प्रवेश गर्ने ? शेयर बजारलाई प्रभाव पार्ने तत्वहरू के के हुन्‌? वित्तिय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरु, नेपालमा अन्लाईन शेयर कारोबारको महत्व र यसको क्षेत्रबारे विशेष जानकारी  रहेको तथा तालिम शुल्क प्रति सहभागी रु.२,००० /- रहेको जनाइएको छ ।

साइन्टिफिक लर्निङ सेन्टरका प्रशासनिक प्रबन्धक नरेश गुरुङ्गले सस्तो शुल्कमा खास गरेर नवप्रवेशीहरुलाई लक्षित गरी तालिम संचालन गर्दै आएको कुरा जानकारी गराउदै शेयर विश्लेषक सन्तोशराज बजगाईले प्रशिक्षकको भूमिका निर्वाह गर्ने कुरा बताए ।

थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर ०१-४६००८२२ वा ९८५११८०२२२ रहेको छ । अथवा  message  पठाउन  यहाँ क्लिक गर्नुहाेस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x