पाकिस्तानद्वारा उपाधि दाबेदार न्युजिल्यान्ड पराजित

ज्ञानमाण्डू।जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले तेस्रो जित निकाल्न सफल भएको छ ।इंग्ल्यान्डमा जारी १२ औँ संस्करणको आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले उपाधि दाबेदार राष्ट्र न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै अघिल्लो चरणको यात्रालाई सहज बनाएको छ ।

न्युजिल्यान्डले दिएको २ सय ३८ रनको सामान्य लक्ष्य पाकिस्तानले ४९ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्‍यो ।पाकिस्तानलाई जित दिलाउन बाबर आजम अविजित रहँदै १०१ रनको शतकीय इनिङ्स खेले ।यस्तै हरिस सोहिलले ६८ रनको अर्धशतकीय इनिङ्स खेले ।पाकिस्तानका लागि मोहमद हाफिज र इमाम उलहकले क्रमशः:३२ र १९ रन जोड्न सफल रहे ।
बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ड बोल्ट,केन विलियम्सन र लक्की फोर्गुसनले समान १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २३७ रन पूरा गरेको थियो । न्युजिल्यान्डका लागि जिम्मि निशम र कोलिन डी ग्राण्डहोमले अर्धशतकीय इनिङ्स खेले ।११२ बल खेलेका निशमको ५ चौका र ३ छक्काको सहयोगमा ९७ रनको योगदान रह्यो भने यता  ७१ बल खेलेका डी ग्राण्डहोमको ६ चौका र १ छक्काको सहयोगमा ६४ रनको योगदान रह्यो ।दुवैले छैटौँ विकेटका लागि १ सय ३२ रनको साझेदारी खेलेका थिए । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टि ५ रन र कोलिन मुन्रो १२ रनमा आउट हुँदा कप्तान केन विलियम्सनले ४१ रन जोडे ।न्युजिल्यान्डका लागि अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा टोली पराजित हुन पुगेको हो ।
बलिङतर्फ पाकिस्तानका लागि शाहीन अफरीदीले सर्वाधिक तीन विकेट लिए ।त्यस्तै मोहम्मद आमिर र शादाब खानले समान १-१ विकेट लिन सफल रहे । 

जितसँगै पाकिस्तान ७ खेलमा ३ मा जित र ३ मा हारका साथ ७ अङ्क जोड्दै छैटौँ स्थानमा उक्लिएको छ । पाकिस्तानले आफ्नो आठौँ खेल आगामी शनिवार अफगानिस्तानसँग खेल्ने छ । न्युजिल्यान्ड ७ खेलमा ५ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ । न्युजिल्यान्डले आफ्नो आठौँ खेल आगामी शनिवार अस्ट्रेलियासँग खेल्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x