आइएमई जनरल इन्स्योरेन्स र 'पिक मि'बीच सम्झौता, चालक र ग्राहक सबैको दुर्घटना बीमा



ज्ञानमाण्डू। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मि बीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पिक मिका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात पिक मि का चालक र सोको प्रयोग गर्ने सबै ग्राहकको एक लाखसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।


सम्झौता पत्रमा हस्ताक्षर पश्चात पिक मिका अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट बीमा गराउन पाएकोमा खुशी व्यक्त गरे । उनले कम्पनीको तर्फबाट चालक तथा ग्राहकले राइड सेयरिङ, फुड डेलिभरी, लजिस्टिक सपोर्ट एकै एप बाट गर्ने व्यवस्था रहेको र सो एप प्लेस्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिने जानकारी दिए ।

यसैगरी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन सबैमा आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x