आज देखि सयपत्री हाइड्रोपावरकाे आईपीओ विक्री खुल्ला

Sayapatri Hydropowe

ज्ञानमाण्डू। सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गते (आज) देखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ३० हजार सम्म तोकेको छ।

सो कम्पनीले प्रतिशेयर रु.१०० अङ्कित दरको ६ लाख कित्ता शेयरहरु मध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको र २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीका लागि छुट्याई बाँकी ६ लाख ७० हजार ५८६ कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) साउन १७ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा साउन २७ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएकाे छ।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x