आजसम्म कायम शेयर धनिले हिमाल दोलखा हाईड्रोपावरको साधारण सभामा भाग लिन पाउने

Himal Dolakha Hydropower Comapny Limited

ज्ञानमाण्डू। हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले यही भदाै ३ गते तेह्रौं र चौधौं वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि साउन २६ गते एक दिनकाे लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा साउन २५ गतेसम्म (आज सम्म) कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा लिसारा हल, नक्साल, काठमाडौमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७६/०७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । कम्पनीकाे लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७८/०७९ को लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना संचालकको नियुक्ती गर्नेछ । कम्पनीको हाल कायम भएको चुक्ता पुंजि रु.१ अर्ब ६ करोडको ७५ प्रतिशत अर्थात (१:०.७५ को अनुपात) हकप्रद शेयर जारी गहकप्रद शेयर जारी पश्चात कायम हुने अधिकृत पुँजि रु.२ अर्ब ८ करोड र जारी तथा चुक्ता पुँजि रु.२ अर्ब ८ करोड अनुरुप हुने गरी कम्पनीको प्रबन्धपत्रमा संसोधन गर्नेछ भने कम्पनीको हाल कायम भएको प्रबन्धपत्र नियमावलीमा संसोधन गर्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x