धितोपत्र बजारमा गिरावट, नेप्से ३१८०.८६ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १७ अंकले घटेर ३१८० दशमलव ८६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ३२ अंकले घटेर ५९० दशमलव १७ को विन्दुमा पुगेको छ ।


आज कूल २२९ कम्पनीका ३ करोड ०९ लाख १२ हजार ६९७ कित्ता शेयर रु २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये अाठ उपसमूहको शेयर ऒरालो लागेको छ । ट्रेडिङ उपसमूह १८ दशमलव ७१ अङ्कले बढ्दा निर्जीवन बीमा ४७५ दशमलव ४७ अङ्कले, अन्य उपसमूह ३४.२२ अङ्कले, लघुवित्त उपसमूह ५०.६३ अङ्कले र जीवन बीमा ४६८.५७ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह १९ दशमलव ५५ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ३० दशमलव ०७ अङ्कले, विकास बैंक उपसमूह १६२.४५ अङ्कले, जलविद्युत १२३.३१ अङ्कले, वित्त उपसमूह ७३.३१ अङ्कले, उत्पादन उपसमूह १९.२८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १ अङ्कले र लगानी उपसमूह ४ दशमलव ९२ अङ्कले घटेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x