प्रभु बैंक लिमिटेड र गैर आवासीय नेपाली सङ्घ बिच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैकिङ् सेवामा सम्झौता



ज्ञानमाण्डू। २०७९ श्रावण १७ गते मंगलबार प्रभु बैंक लिमिटेड र गैर आवासीय नेपाली सङ्घ बिच विदेशी मुद्रामा खोलिने खाता तथा अन्य बैकिङ् सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैर आवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष विनोद कुवँरले हस्ताक्षर गरेका छन् ।

 
सम्झौता अनुसार “मातृभुमिको सम्मानका लागि नेपालमा खाता खोलौ” भन्ने मुल नाराका साथ प्रभु बैंक र गैर आवासीय नेपाली सङ्घको सहकार्यमा गैर आवासीय नेपाली तथा गैर आवासीय नेपाली सङ्घका सदस्यहरुले विदेशका जुनसुकै देशहरुबाट पनि विदेशी मुद्रामा बचत खाता (Saving Account) र मुद्धती खाता (Fixed Deposit) खोल्न तथा संचालन गर्न सकनेछन् । यस प्रकारका खाताहरु अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येनमा न्युनतम मौज्दात अमेरिकी डलर एक हजार वा सो बराबरको उपर्युक्त परिवत्र्य विदेशी मुद्रा कायम गरी खोल्न सकिने
बैंकले जनाएकाे छ

यसरी खोलिएको खातामा नेपाल राष्ट्र बैंकको निति, नियम तथा निर्देशनको अधिनमा रहि विदेशबाटै बैंकिङ्ग प्रणलीबाट मात्र रकम जम्मा गर्नु पर्नेछ यस्ता खातामा नगद रकम जम्मा गर्न पाईने छैन, जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याज विदेशमानै फिर्ता लानु परेमा जम्मा गरेकै मुद्रामा जुन देशबाट रकम पठाएको हो सोही देशमा निक्षेप कर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाईनेछ तर यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिने
बैंकले जनाएकाे छ

सम्झौता पत्रमा हस्ताक्षर गर्दै गैर आवासीय नेपाली सङ्घका अध्यक्ष विनोद कुवँरले, गैर आवासीय नेपालीको तर्फबाट विदेशमा सिकेको सिप, ज्ञान र दक्षतालाई कुनै न कुनै रुपमा नेपाल र नेपालीहरुको हितमा प्रयोग गरीरहेको बताए छन् साथै बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले, गैर आवासीय नेपालीहरु तथा विदेशमा काम गररिहेका नेपाली नागरीकहरुलाई बैंकबाट उपलब्ध गराउने सम्पुर्ण सेवाहरु उपलब्ध गराउने प्रतिबद्घता ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x