राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई टेलिकमको जीएसएम प्रिपेड सिम निःशुल्क

ज्ञानमाण्डू।राष्ट्रिय वाणिज्य बैङ्कमा नयाँ खाता खोल्ने ग्राहकहरूलाई नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराउने भएको छ । यस सम्बन्धी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कबिच आज (२०७६ मङ्सिर १२ गते) सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र राष्ट्रिय वाणिज्य बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्  ।
 
सम्झौता समारोहमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको सबभन्दा ठुलो दूरसञ्चार कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय वाणिज्य बैङ्कबिचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुनुका साथै कार्यक्षमतामा समेत बढोत्तरी हुने जनाए । उनले दुई संस्थाको सहकार्यबाट डिजिटल अर्थतन्त्र निर्माणका लागि प्रभावकारी वातावरण बन्नुका साथै मुलुकभरका जनता वित्तीय पहुँचमा पुग्ने उल्लेख गरे ।

सोही कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २ करोडभन्दा बढी ग्राहक सङ्ख्या भएको नेपाल टेलिकम र ३० लाख बढी सेवाग्राही भएको राष्ट्रिय वाणिज्य बैङ्कबिच भएको यो सम्झौताले आम सेवाग्राहीहरू वित्तीय र प्रविधिगत रूपले निकै लाभान्वित हुने बताए । श्रेष्ठले यो सहकार्यबाट दुवै संस्थाले व्यवसायमा समेत ठुलो फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।

साथै बैङ्कले मुलुकभर भएका २ सय ३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निःशुल्क रूपमा उपलब्ध गराउनुका साथै, सो सिममा ५० रुपैयाँ टक भ्यालु समेत हुने प्रेस विज्ञप्तिद्वारा जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x