मंसिर २०देखि देशकै ठूलो बैङ्कको रूपमा एकिकृति कारोबार सुरु गर्दै जनता र ग्लोबल आइएमई बैङ्क

ज्ञानमाण्डू।नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाहरुको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी मर्जरमा जानलागेका ग्लोबल आइएमई बैंक र जनता बैंकलाई मंगलबार बसेको राष्ट्र बैंकको सञ्चालक समिति बैठकले मर्जरको अन्तिम स्वीकृति दिए पछि यी दुई बैंक गाभिएर आगामी मंसिर २० देखि विभिन्न सूचकका आधारमा देशको सबैभन्दा ठूलो बैंकको रुपमा एकिकृति कारोबार सुरु गर्ने भएका छन् ।

जनता बैंकको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ८५ कित्ता शेयर प्रदान गर्ने गरी १००:८५ शेयर स्वाप अनुपातमा मर्ज गर्ने सम्झौता भएको थियो । यस अघि ग्लोबल आइएमई बैंकले १० वटा विभिन्न वित्तीय संस्थासँग र जनता बैंक नेपालले ७ वटासँग मर्ज गरिसकेका छन्, त्यसैले यस मर्जरलाई १८ औं मर्जरको रुपमा पनि लिइएको छ।
 
मर्जर पछि बैंकको नाम ग्लोबल आइएमई बैंक, सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना, अध्यक्षमा चन्द्रप्रसाद ढकाल त्यस्तै मर्जरपछि बन्ने बैंकको सीईओ परशुराम कुँवर क्षेत्री र वरिष्ठ डेपुटी सीईओ महेश शर्मा ढकाल  रहने सहमति यसअघि नै भएको छ।

मर्जरपछि बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १२ अर्ब भन्दा बढी र कुल कर्जा लगानी २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकका करिब ३०० शाखा र ३ हजार २ सय ५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक सम्पर्क कार्यालय रहने छन् भने ग्राहक संख्या २० लाख नाघ्नेछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x