मनकामना स्मार्ट लघुवित्तको नाफामा ४०.६८ प्रतिशतको गिरावट

Manakamana Smart Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४०.६८ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ३ कराेड २२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १ कराेड ९१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१४ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको मनकामना स्मार्ट लघुवित्तले १ अर्ब ६ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, मनकामना स्मार्ट लघुवित्तले ५२ करोड ४८ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ३ करोड ६४ लाख रुपैयाँ रहेको छ।

मनकामना स्मार्ट लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८.६२ प्रतिशतले घटेर ७ करोड ५२ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.२२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ३३ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ११०० काे आधारमा मूल्य आम्दानी अनुपात ८१.३ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x