राकममा ‘ट्रमा सेन्टर’ बन्ने

ज्ञानमाण्डू।दैलेखको आठबीस नगरपालिका स्थित राकममा १०० शय्याको ‘ट्रमा सेन्टर ’(अस्पताल) निर्माण हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबिच शनिवार सो सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा अस्पतालको भौतिक संरचना निर्माण तथा सेवा सञ्चालन गर्न नगरपालिका र प्रतिष्ठानबिच समन्वयन र सहकार्य हुनुपर्ने रहको बताइएको छ । नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । द्विपक्षीय सम्बन्ध विस्तार गर्दै स्वास्थ्य सेवा प्रदान गर्न सहकार्य गर्ने, प्रदेश तथा सङ्घीय सरकारसँग समन्वयन गरी दुई पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने उद्देश्यका साथ सहकार्य भएको नगरप्रमुख उपाध्यायले जानकारी दिए ।

“तत्काल सेवा सञ्चालन गर्न एक्सरे मेसिन, ल्याव लगायतका सामग्री तथा चिकित्सक फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्नेछ”, उनेको भनाइ छ । प्रतिष्ठानले चिकित्सक र अन्य स्वास्थ्य कर्मीको व्यवस्थापन गर्ने निर्देशक गोसाईंले जानकारी दिए । 

अस्पतालका लागि नगरपालिकाले १०५ रोपनी जग्गा उपलब्ध तथा विस्तृत परियोजना प्रतिवेदन तयारी सुरु गरेको जनाएको छ । अस्पतालले अछाम, दैलेख, कालिकोटलगायत जिल्लाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । प्रतिष्ठानले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस र एमडीजीपी तहका पठन पाठन गर्न आवश्यक भौतिक एवं जनशक्ति तयार गरिसकेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x