नबिल दिगाे बैंकिङ र नेपाल उद्याेग परिसंघ – वूमन लिडरसिप फाेरम बीच अन्तर्क्रिया कार्यक्रम



ज्ञानमाण्डू। नबिल बैंक र नेपाल उद्याेग परिसंघ – वूमन लिडरसिप फाेरम (CNI-WLF) ले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताकाे लागि चालेका कदमहरु र उपलब्ध कर्जाकाे बारेमा जानकारी गराएकाे थियाे । CNI-WLF संयाेजक छाया शर्मा, CNI-WLF सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह समेत उपस्थित हुनु भएकाे उक्त कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुकाे उपस्थिती थियाे ।

कार्यक्रमकाे सुरुवात गर्दै CNI-WLF संयाेजक छाया शर्माले नबिल बैंककाे दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुकाे प्रशंसा गर्नुकाे साथै यसले महिलाकाे सामाजिक रुपान्तरणमा याेगदान पुगाेस भन्ने कामना गर्नु भयाे । साथै उहाले वित्तिय पहुच सँगसँगै वित्तिय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव दिनु भयाे । नबिल बैंककाे प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताकाे विकास तथा वित्तिय पहुचलाई गाउँ गाउँमा पु¥याएर त्यहा उद्यमीहरुकाे सिर्जना गरि दिगाे विकासमा टेवा पु¥याउने लक्ष्य लिएकाे बताउनु भयाे । कार्यक्रमकाे समापन गर्दै नबिल बैंककाे संचालक समेत रहनु भएकी CNI-WLF सदस्य आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पु¥याउन सहयाेग गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने बताउनु भयाे ।

कार्यक्रममा नबिल बैंककाे दिगो बैंकिङ तथा यस अन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जाकाे बारेमा नबिल दिगाे बैंकिङका प्रबन्धक लिला प्रसाद अाेझा र साना तथा मझौला कर्जा अन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाकाे बारेमा साना तथा मझौला कर्जा/लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पार्नु भएकाे थियाे । अन्तर्क्रियाकाे दौरान विभिन्न महिला उद्यमीहरुले उठाउनु भएका जिज्ञासा तथा सुझावहरुकाे समेत सम्बाेधन गरिएकाे थियाे ।

नबिल बैंकले गत असार १५ गते धान दिवसकाे दिन नबिल दिगाे बैंकिङकाे सुरुवात गरेकाे हाे । सयूक्त राष्ट्र संघकाे दिगाे विकासकाे लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामिण वर्गलाई लक्षित गरि दिगाे बैंकिङ कार्यक्रम सुरु गरेकाे बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x