सदरमुकाममा ‘फोरजी’ : गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने

ज्ञानमाण्डू।जिल्लाका ग्रामीण बस्तीमा फोन गर्न रुख चढ्नुपर्ने र घण्टौ हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता हटेको छैन । तर सदरमुकाम मार्तडीमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालन आएको छ । नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तारमा ढिलाइ गरे पनि मार्तडी आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ । 

ग्रामीण क्षेत्रका जडान गरिएका टावरका उपकरण बिग्रिएका छन् । जिल्लाका गौमुल, जगन्नाथ, हिमाली गाउँपालिकामा अझै फोन सेवा सञ्चालन भएको छैन । जगन्नाथ गाउँपालिकाको केन्द्र तथा बडिमालिका नगरपालिकाकै दुर्गम क्षेत्रमा अझै फोन सुविधा छैन । नेपाल टेलिकम शाखा बाजुराले चौथो पुस्ताको इन्टरनेट सेवा ‘फोरजी’ विस्तारको कामलाई तीव्रता दिएसँगै बाजुरामा पनि जडान गरिएको हो । माघसम्म देशैभर फोरजी सेवा पुर्‍याउने लक्ष्य रहेको जनाइएको छ । हालसम्म ६० जिल्लामा सेवा विस्तार गर्ने क्रम सकिएको र बाजुरामा सेवा जडान हुनेमा ६०औँ जिल्लामा परेको शाखा कार्यालय प्रमुख पदम बडालले जानकारी दिए । 

फोरजीका लागि जिल्लाका दुई टावरमा बिटिएस प्रविधि जडान गरिएको छ । सदरमुकाम मार्तडीको खुलामञ्च र दूरसञ्चार कार्यालय अगाडि रहेको दुई टावरबाट फाष्ट इन्टरनेट सेवा फोरजी सुरु गरेको हो । फोरजी एलटीइ सेवा जडानसँगै इन्टरनेटको गतिमा पनि सुधार हुने छ । 

सातौँ पटक बाजुरामा हिमपात: 

जिल्लाका उच्च भूभागमा पुनः हिमपात सुरु भएको छ । हिमपातका कारण चिसो बढेको छ । हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण चिसोले दैनिक जन जीवन नराम्ररी प्रभावित बनेको छ । 

शनिवार बिहानदेखि सदरमुकाम मार्तडीसहित आसपासका हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी परेको छ । सातौँ पटक हिमपात भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपातपछि कोल्टी विमानस्थल बन्द भएको छ । स्थानीय बजार पनि बन्द छन् । ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ । हिमाली क्षेत्रका गाउँमा परेको भारी हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ । हिमपातसँगै बढेको चिसोका कारण हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् । बजार पसल पनि पूर्ण रूपमा बन्द भएका छन् । चिसोले खुला स्थानमा बसोबास गर्ने भोट जनजातिलाई निकै सास्ती भएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x