अजोडको इन्साइडर ट्रेडिङ सन्दर्भमा अनुसन्धान गर्न धितोपत्र बोर्डले गठन गर्यो उपसमिति


ज्ञानमाण्डू।अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अघि नै धितोपत्र बजारमा वृद्धि भएको अजोड इन्सुरेन्सको शेयर मूल्यका सम्बन्धमा उक्त कम्पनीले इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गरे नगरेको छानबिन गरी वास्तविकता पत्ता लगाउन धितोपत्र बोर्डले उप-समिति गठन गरेको जानकारी दिएको छ। 

नेप्सेले मिति २०७७ साल चैत १९ को पत्र मार्फत् अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने सूचना प्रकाशन अघि नै मिति २०७७ साल चैत १६ गतेका दिन भएको उक्त कम्पनीको धितोपत्र कारोबारमा १० प्रतिशतको वृद्धि भई सर्किट लागेको भनि सो कारोबार सम्बन्धी विवरण धितोपत्र बोर्डमा पेश गरेको थियो । 

उक्त सन्दर्भमा उल्लेखित कारोबारका सम्बन्धमा थप अध्ययन अनुसन्धान गर्न नेपाल धितोपत्र बोर्डले २०७७ साल चैत २३ गते एक उप-समिति गठन गरी जाँचबुझ कार्य अगाडि बढाइसकेको तथा उक्त सम्बन्धमा कुनै भित्री कारोवार भएको पाइएमा नियमानुसार कारवाही अगाडि बढाइने नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x