कुवेत विरुद्ध नेपालको लज्जास्पद हार

ज्ञानमाण्डू।फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा कुवेतसँग नेपाल पराजित भएको छ । गए राति कुवेतस्थित अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको छ । पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खाए पश्चात् पनि नेपालले जवाफमा एक गोल पनि फर्काउन नसक्दा हार बेहोर्नु परेको हो । फिफा बरीयतामा नेपालभन्दा कुवेत मात्र चार स्थान माथि भएता पनि नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन ।

कुवेतका लागि युसेफ नासिरले खेलको छैटौँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको १३ औँ मिनेटमा फहाद अल हजेरीले गोल गर्दै कुवेतको अग्रता दोब्बर पार्न सफल भए । यही दुई गोल सँग कुवेतले पहिलो हाफ सम्म आफ्नो अग्रता बनाउन सफल रह्यो । 

दोस्रो हाफसँगै खेलको ५० औँ मिनेटमा नासिरले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० गोलको अग्रता दिलाए । कुवेतका लागि अब्दुल्हा मोहीले खेलको ५९ औँ मिनेटमा गोल गर्दै कुवेतलाई जिततर्फ अगाडी बढाए । 

खेलको बडेर अल मुटवा ६७ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ५–० को अग्रता दिलाए । निकै नै आक्रामक भएको कुवेतका लागि खेलको इन्ज्यूरी समयमा रेड हनीले गोल गर्दै कुवेतलाई ६–० को अग्रता दिलाए । हुसेन अल मुसावीले खेलको अन्तिम र निर्णायक गोल गर्दै ७–० गोलको सहज जित दिलाए ।  

यस जितसँगै कुवेत समूहको शीर्षस्थानमा उक्लिएको छ । यसअघि समूहको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेइलाई २-१ ले पराजित गरेको थियो । नेपालले अब अर्को खेलमा मङ्गलवार चाइनिज ताइपेइसँग खेल्नेछ । अर्को खेलमा सोही दिन कुवेत र अस्ट्रेलिया भिड्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x