मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड, १९ लाख भन्दा बढिको हात खाली, यसरी हेर्नुहोस् नतिजा


ज्ञानमाण्डू।मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले अषाढ १७ गतेदेखि अषाढ २१ गतेसम्म बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) आज अषाढ २८ गते सोमबारका दिन बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज मनकामना स्मार्ट लघुवित्तको आइपिओ बाँडफाँट गरेको हो । एनएमबि क्यापिटल लिमिटेडको कार्यलय नागपोखरी, काठमाडौंमा बिहान ९:३० बजे मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर(आईपीओ) बाँडफाँड भएको हो । 


मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको उक्त आइपिओमा आवेदन दिएका कुल १९ लाख ५४ हजार २७४ जना सर्वसाधारण लगानिकार्ता मध्य ३६ हजार ३४७ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले शेयर पाएका छन् भने भग्यमाणी २ जना आवेदकले ११ कित्ताका दरले आइपिओ प्राप्त गरेका छन् । आवेदन दिएका मध्ये २ हजार ७५३ जना आवेदकको आवेदन रद्द भएको छ । योग्य १९ लाख ५१ हजार ५२१ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ । गोलाप्रथामा सहभागी गराइएका १९ लाख १५ हजार १ सय ७२ जना सर्वसाधारण लगानिकार्ताको हात भने खाली भएको छ।

सर्वसाधारण लगानीकर्ताले सिडीएससीकाे नयाँ वेबसाइट, कम्पनीकाे वेबसाइटबिक्री प्रबन्धककाे वेबसाइट मा गइ आइपिओको नतिजा हेर्न सकिनेछ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो कूल जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैंयाको ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैंया रकम बराबरको प्रति कित्ता रु. १००/- अंकितका दरले ३ लाख ८९ हजार कित्ता साधारण शेयर मध्ये कूल जारी पूँजीको ०.५% अर्थात् ६ हजार ५८ कित्ता शेयर कर्मचारीहरुलाई र कुल निष्काशनको ५% अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि संरक्षण गरि, बाँकि रहने ३ लाख ६३ हजार ४९२ कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गरेको हो।


यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ICRA Nepal Limited ले मिति २०७७/११/१२ मा “समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने [ICRANP-IR BB- Prounced as ICRANP Issuer Rating Double BMinus ]" प्रदान गरेको छ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७८/११/११ सम्म रहनेछ । रेटिङ्ग संकेत पछाडि रहने + (जोड) वा - (घटाउ) चिन्हले सम्बन्धीत रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थीतीलाई जनाउँदछ। यसको अर्थ [ICRANP-IR]BB- को स्थिती [ICRANP-R]BB भन्दा एक चिन्ह तल रहन्छ।

यस वित्तीय संस्थाको संस्थापकहरुबाट तत्काल चुक्ता पूँजी रु. ८,२२,५०,००० (अक्षरेपी आठ करोड बाइस लाख पचास हजार मात्र) रहेको छ । जसलाई रु.१०० का दरले ८,२२,५०० (आठ लाख बाइस हजार पाँच सय मात्र) थान शेयरमा विभाजन गरिएको छ । यस विवरणपत्र मार्फत सर्वसाधारणलाई रु. ३,८९,००,००० (अक्षरेपी तीन करोड उनानब्बे लाख मात्र) रकम बराबरको शेयरको निष्काशन पश्चात्लघुवित्त वित्तीय संस्थाको चुक्ता पूँजी १२,११,५०,००० (अक्षरेपी बाह्र करोड एघार लाख पचास हजार मात्र) हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x