म्यानचेस्टर आर्सनल बराबरी

ज्ञानमाण्डू।इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले आर्सनलसंग बराबरी खेलेको छ ।घरेलु मैदान ओल्डट्राफोर्डमा युनाईटेडले लन्डन क्लब आर्सनलसंग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । खेलमा युनाइटेडका स्कट म्याकटोमिनेले गोल गरे । आर्सनलका पिएरे इमरिक औवामियाङले बराबरी गोल फर्काएका थिए ।
खेलको ४५औं मिनेटमा स्कट म्याकटोमिनले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।त्यस्तै, खेलको दोस्रो हाफमा प्रतिस्पर्धी टोलीका औवामियाङले ५८औं मिनेटमा बराबरी गोल फर्काउन सफल भएका थिए । खेलको बाकी समयमा मौका निकै पाए पनि दुवै टोली ले पुन गोल गर्न नसक्दा खेल १-१ को बाराबारीमा समाप्त भएको हो ।
बराबरीको अङ्क विभाजन पश्चात् युनाइटेड ७ खेलबाट ९ अङ्क जोडेर १०औं स्थानमा रहेको छ । आर्सनल समान ७ खेलबाटै १२ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x