नेपाल क्रेडिट एण्ड कमर्स बैंकको "९.५ % एनसीसी ऋणपत्र २०८६" बिक्री खुला, ब्याजदर कति ?

 


ज्ञानमाण्डू।नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले मिति २०७७ चैत्र १३ गते देखि "९.५ % एनसीसी ऋणपत्र २०८६" निष्काशन गरी बिक्री खुला गरेको जानकारी दिएको छ ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको, रु. १,००० प्रति ऋणपत्र अंकित मूल्यका दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत (Private Placement) तवरबाट बिक्री गर्नेछ भने सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जानकारी दिएको छ । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ । 

नेपाल क्रेडिट एण्ड कमर्स बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत १३ गते र ढिलोमा चैत १८ गतेसम्म बन्द हुने गरी तोकिएको छ । यस्तै, पर्याप्त आवेदन प्राप्त नभए ऋणपत्र निष्काशन ढिलोमा चैत २७ गते सम्म लम्बिने बैंकले जनाएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । वार्षिक ९ दशमलव ५ प्रतिशतका दरले वार्षिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा प्रस्तावित ऋणपत्रको ब्याजदर अधिक रहेकाले आकर्षक तथा सजिलै बिक्रि हुने अवस्थामा रहेको बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले नेपाल क्रेडिट एण्ड कमर्स बैंकलाई मघ्यम कर्जा जोखिम(Moderate Credit Risk) जनाउने "इक्रा एनपी इस्युअर बि बि बि"(ICRANP_IR BBB) रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा यथेष्ठ मात्रामा सुरक्षित मानिन्छ ।

बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई तोेकेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवंम् तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x