मञ्जुश्रीको ऋणपत्रमा आवेदन दिने म्याद थप

ज्ञानमाण्डू।मञ्जुश्री फाइनान्स लिमिटेडले माघ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। यस फाइनान्सको ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ नामक ऋणपत्रमा अब फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने जानकारी दिएको छ ।

मञ्जुश्री फाइनान्सले यही माघ १८ गतेदेखि ५० करोड रुपैयाँ बराबरको एक हजार मूल्य अंकित कुल ५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिने तथा बाँकी २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १० हजार इकाई म्युचुअल फन्डलाई बाँडफाँट गरि बाँकी रहेको १ लाख ९० हजार कित्ता ऋणपत्रका लागि सर्वसाधारणले आवेदन दिन सकिने मञ्जुश्री फाइनान्स लिमिटेडले जानकारी दिएको छ । सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख ९० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले ८ बर्ष अवधिका लागि जारी गरेको यस ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ नामक ऋणपत्र वापत लगानिकर्ताले वार्षिक ९.५ प्रतिशत ब्याजदर पाउनेछन् । यस ऋणपत्रका निम्ति बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x