धितोपत्र बजारमा ५५.७६ अंकको वृद्धि, नेप्से परिसूचक २८२७.१२ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक केही अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २८२७ दशमलव १२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ८३ अंकले बढेर ५०५ दशमलव १५ को विन्दुमा पुगेको छ ।

आज कूल २१९ कम्पनीका २ करोड २६ लाख १३ हजार ०२९ कित्ता शेयर रु ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये सामूहिक लागनी कोष उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ८ दशमलव ८ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १५.१२ अङ्कले, होटल तथा पर्यटन उपसमूह ९२.३५ अङ्कले, विकास बैंक उपसमूह २२५.६६ अङ्कले, जलविद्युत ८१.८२ अङ्कले, वित्त उपसमूह १३७.८३ अङ्कले, निर्जीवन बीमा ४७९.११अङ्कले, उत्पादन उपसमूह १३६.३४ अङ्कले, अन्य उपसमूह ११०.७७ अङ्कले, लघुवित्त उपसमूह ६९.६३ अङ्कले, जीवन बीमा ३७४.१७ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ९२ अङ्कले बढेको छ । यता, सामूहिक लागनी कोष शुन्य दशमलव ०२ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x