न्युजिल्यान्ड वेस्ट इन्डिजलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा

ज्ञानमाण्डू।जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले वेस्ट इन्डिजलाई ५ रनले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राति भएको खेलमा न्युजिल्यान्डले दिएको २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ४९ ओभरमा अलआउट हुँदै २ सय ८६ रन मात्र जोड्न सफल रह्यो ।
वेस्ट इन्डिजका लागि कार्लोस ब्रैथवेटले १ सय १ रनको शतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । त्यस्तै ओपनर क्रिस गेलले ८७ रनको अर्धशतकीय इनिङ्स खेले भने शिम्रोन हिटमायरलले ५४ रनको योगदान दिए । क्रिस गेल र शिमरोन हिटमायरले तेस्रो विकेटका लागि १ सय २२ रनको शतकीय साझेदारी खेलेका थिए । तर वेस्ट इन्डिजका अन्य ६ ब्याट्सम्यानले दोहोरो अङ्क रन जोड्न असफल रहँदा हार बेहोर्नु परेको हो ।

बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्टले चार र लोकी फर्गुसनले तीन विकेट लिए । त्यस्तै,जेम्स निशम र कोलिन डी ग्राण्ड होमले समान १ विकेट हात पार्न सफल रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले १ सय ४८ रनको शतकीय इनिङ्स खेले ।यस्तै रोस टेलरले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । जेम्स निशम २८ तथा कोलिन डी ग्राण्डहोमेले १६ रन जोड्न सफल रहे ।

बलिङतर्फ वेस्ट इन्डिजका सेल्डोन शेन कोट्रेलले ४ विकेट लिए । यस्तै कार्लोस ब्रैथवेटले २ र क्रिस गेलले १ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको न्युजिल्यान्डले ६ खेलबाट ११ अङ्क जोडेको छ । अपराजित न्युजिल्यान्डको पाचौँ जित हो । वेस्ट इन्डिजको यो चौथो हार हो । वेस्ट इन्डिजले ६ खेलबाट ३ अङ्क जोडेको छ । वेस्ट इन्डिज लिगको सातौँ स्थानमा छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x