आ. व. २०७७/०७८ का लागि स्वरोजगार लघुवितको लाभांश घोषणा



ज्ञानमाण्डू।स्वरोजगार लघुवित वित्तिय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल भाद्र २२ गते, मंगलबारका दिन बसेको सञ्चालक समितिको २२३ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा २५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

लघुवितको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँको २५ प्रतिशतले हुन आउने १० करोड २८ लाख १९ हजार ८२४ रुपैयाँ बराबरको बोनस शेयर लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने स्वरोजगार लघुवित वित्तिय संस्था लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७६/७७ मा स्वरोजगार लघुवित वित्तिय संस्था लिमिटेडले १२.३९०७ प्रतिशतले हुन आउने बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.६५२१ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x