अभ्यास खेलमा वेष्ट इन्डिजलद्वारा न्युजिल्यान्ड पराजित

ज्ञानमाण्डू।मंगलबार राति भएको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा वेष्ट इन्डिजले न्युजिलयन्डलाई ९१ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले दिएको ४२२ रनको फराकिलो लक्ष्य पछ्याएको न्युजिलयन्डले ४७ ओभर २ बलमा अलआउट हुँदै ३३० रन मात्र बनाउन सक्यो ।

न्युजिलयन्डका लागि टम ब्लुन्डेलले १०६ रनको ८९ शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान केन विलियमसनले ८५ तथा इश सोधीले ३९ रन बनाए । बलिङतर्फ वेष्ट इन्डिजका कार्लोस ब्रथवइटले तीन विकेट लिए ।

टस हारेर प्रथम ब्याटिङका लागि चयन भएको वेष्ट इन्डिजले निर्धारित ५० ओभर सकिन ४ बल बाँकी छदा सबै विकेटको क्षतिमा ४२१ रन बनाउन सफल रह्यो । वेष्ट इन्डिजका लागि साई होपले १०१ रनको शतकीय इनिङ्स खेले । यस्तै इभिन लेविसको ५० रनको अर्धशतकीय इनिङ्स खेले भने आन्द्रे रसेलले ५४ रन जोड्न सके। यस्तै बलिङतर्फ न्युजिलयन्डका ट्रेन्ट बोल्टले चार विकेट लिए भने यस्तै म्याट हेनरीले २ विकेट लिए ।

विश्वकप क्रिकेट मे ३० बाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x