निर्धन उत्थान लघुवित्तको नाफा २२३.२६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

ज्ञानमाण्डू। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २२३.२६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले २८ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ९१ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको निर्धन उत्थान लघुवित्तले १५ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, निर्धन उत्थान लघुवित्तले ६ अर्ब ३२ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा २ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

निर्धन उत्थान लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४३.५४ प्रतिशतले बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात ४.११ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ २३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६५ रुपैयाँ २५ पैसा छ र मूल्य आम्दानी अनुपात २९.५१ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x