साङ्गे विद्युत कम्पनीले आज विशेष साधारण सभा गर्दै


ज्ञानमाण्डू। साङ्गे विद्युत कम्पनी लिमिटेडले आज असार ३० गते (आज) विशेष साधारण सभा गर्दै छ।

कम्पनीले साधारण सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाण्डौमा बिहान ११:०० बजे देखि Zoom Meeting बाट आरम्भ हुने जानकारी दिएको छ। शेयरधनीले आफ्नो नाम र E-mail Address कम्पनीको E-mail ठेगाना [email protected] मा पठाउनु पर्नेछ र कम्पनीलाई उपलब्ध गराएको E-mail मार्फत सम्बन्धीत शेयरधनीहरुलाई सभा हुनु भन्दा अघिल्लो दिन Zoom ID / Passcode उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ। त्यसै गरी हाल सम्मको संशोधन सहितको एकीकृत प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने र नियमक निकायहरूको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा तथा एकीकृत प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्ने छ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार २२ गते देखि असार ३० गते सम्म आठ दिनका लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार २१ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x