मेगा बैङ्ककाे नाफा २ अर्ब नजिक, वितरण याेग्य मुनाफा १ अर्ब २९ कराेड

ज्ञानमाण्डू। मेगा बैङ्कको नाफा ३५.९५ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को तेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ४५ कराेड १० लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब ९७ कराेड २७ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१४ अर्ब ६५ कराेड ४९ लाख ६५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको मेगा बैङ्कले १ खर्ब ३३ अर्ब ३५ करोड २२ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब ३५ लाख १९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब ९७ करोड ५४ लाख ३५ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ९७ कराेड २९ लाख ८३ हजार रूपैयाँ रहेको छ ।


बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २८.४२ प्रतिशतले बढेर ४ अर्ब ८ करोड ८२ लाख १८ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब २९ कराेड ७७ लाख ३१ हजार रुपैयाँ रहेकाे छ । उक्त वितरण याेग्य मुनाफालाई वार्षिक करण गर्दा मेगा बैङ्कले आफ्ना शेयरधनिहरूलाई ११ प्रतिशत सम्म लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ। 

बैंककाे निष्कृय कर्जा अनुपात १.३१ प्रतिशत र प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८६ पैसा र मूल्य आम्दानी अनुपात १७.८८ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x