नेपाल एग्रो लघुवित्तको शेयरमूल्य समायोजन पछिको भाउ कति ?

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार अषाढ ८ गते, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले मंगलबार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।

नेप्सेले मंगलबार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो।शेयरमूल्य समायोजन पश्चात नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५४९ रुपैयाँ निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर मंगलबार नेपाल एग्रो लघुवित्त वित्तीय संस्था  लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात सोमबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ६२६ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x