चालु आ.व.को भाद्र अन्त्यसम्म वाणिज्य बैंकहरुले कमाए साढे १३ अर्ब नाफा, भाद्रको नाफा ७ अर्ब अधिक


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको भाद्र महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरुले १३ अर्ब रुपैयाँ अधिक नाफा कमाउन सफल भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भाद्र महिनासम्म २७ वटा वाणिज्य बैंकहरुले १३ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्ले महिना अर्थात साउनमा जम्मा २६ वटा वाणिज्य बैंकहरुले ६ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका थिए। साउनको तुलनामा भाद्रमा नाफा ७ अर्ब ३५ करोड रुपैयाँ बढेको हो।

गत आर्थिक वर्षको भाद्र महिनामासम्म आइपुग्दा वाणिज्य बैंकहरुले कुल १० अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका थिए। समिक्षा अवधिको तुलनामा यस आर्थिक वर्षको भाद्र महिनाको अन्त्यसम्ममा उक्त बैंकहरुको नाफा ३४.१८ प्रतिशतले बढेको देखिन्छ ।  त्यस्तै, साउन महिनामा लगभग सम्पूर्ण बैंकले नाफा कमाउँदा, नाफा कमाएका २७ वाणिज्य बैंकले औषतमा ५० करोड ६० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । 

  • सर्वाधिक नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक अगाडि, कुन बैंकको नाफा कति छ?

चालु आर्थिक वर्षको भाद्र महिनासम्ममा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सर्वाधिक नाफा कमाउने वाणिज्य बैंक भएको छ । राष्ट्रिय वाणिज्य बैंकले यस आर्थिक वर्षको भाद्र महिनासम्म आइपुग्दा १ अर्ब ६ करोड नाफा कमाएको देखिन्छ। यसैगरी ग्लाेबल आइएमई बैंकले पनि झन्डै एक अर्ब नाफा कमाएको छ। सो बैंकले चालु आर्थिक वर्षको भाद्रसम्ममा ९८ करोड नाफा कमाएको छ। चालु आर्थिक वर्षको पहिलो महिना सर्वाधिक नाफा कमाएको नबिल बैंकले पनि यस महिनासम्म आइपुग्दा झन्डै एक अर्ब नाफा कमाएको छ। उक्त बैंकले ९३ करोड नाफा कमाएको तथ्यांकले देखाएको छ।  

एन आइ सी एशिया बैंकले चालु आर्थिक वर्षको भाद्रसम्ममा ८१ करोड, कृषि विकास बैंकले ७८ करोड, सिद्धार्थ बैंकले ७५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ६७ करोड ३० लाख, प्राइम कमर्सियल बैंकले ६७ करोड २९ लाख, एभरेष्ट बैंकले ५६ करोड ९९ लाख,  एनएमबि बैंकले ५६ करोड ८६ लाख, मेगा बैंकले ५५ करोड र सानिमा बैंकले ५१ करोड रुपैयाँ नाफा कमाएको छ ।

यस अनुसार, चालु आर्थिक वर्षको भाद्र मसान्तसम्ममा नाफा कमाएका अधिकांश वाणिज्य बैंक मध्ये १२ वटा वाणिज्य बैंकहरुले औषत भन्दा धेरै नाफा कमाउन सफल भएको देखिन्छ।

त्यसै गरि, यस आर्थिक वर्षको भाद्र मसान्तसम्म कुमारी बैंकले ४६ करोड नाफा कमाएको छ। समिक्षा अवधिसम्म प्रभु बैंकले ४३ करोड ७० लाख ,माछापुच्छ्रे बैंकले ४३ करोड ५३ लाख , सुन्राइज बैंकले ४२ करोड, लक्ष्मी बैंकले ३८ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३७ करोड ५५ लाख, सिटिजन्स बैंकले ३७ करोड ४१ लाख, नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ३१ करोड, नेपाल बंगलादेश बैंकले २८ करोड, हिमालयन बैंकले २६ करोड, नेपाल एसबिआई बैंकले २३ करोड, बैंक अफ काठमाडौँले २१ करोड ६५ लाख, सेञ्चुरि कमर्सियल बैंकले २१ करोड १३ लाख र सिभिल बैंकले १९ करोड रुपैयाँ नाफा कमाएको छ ।

यता, चालु आ.वको  भाद्र मसान्तसम्म नेपाल बैंकले १५ करोड अधिक नाफा कमाउन सफल भएको छ। चालु आर्थिक वर्षको पहिलो महिना उक्त बैंक १ करोड अधिक घाटामा रहेको केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x