५० रुपैयाँ भन्दा बढी प्रति शेयर आम्दानी भएका लघुवित्तहरू कुन कुन हुन् ?


ज्ञानमाण्डू। पुँजीको तुलनामा आकर्षक मुनाफा गर्ने शेयर बजारको एक क्षेत्र लघुवित्त कम्पनीहरू पनि हुन्। अन्य क्षेत्र भन्दा चुक्ता पुँजी थोरै भए तापनि मुनाफा आकर्षक हुँदा लघुवित्त क्षेत्र लगानीकर्ताको रोजाइमा पर्दै आएको छ। यो समाचार तयार पार्दा सम्म आर्थिक वर्ष ७७/७८ को चैत्र मसान्तसम्मको तथ्याङ्कलाई आधार मान्दा १६ वटा लघुवित्तको वार्षिक करण गरिएको प्रति शेयर आम्दानी ५० रुपैयाँ भन्दा धेरै रहेको छ।

Click here to join Gyanmandu.com's Viber Community

लघुवित्त मध्य सबै भन्दा धेरै प्रति शेयर आम्दानी नेशनल माईक्रोफाइनान्सको रहेको छ। कम्पनीको प्रति शेयर आम्दानी १०३ रुपैयाँ ९८ पैसा रहेको छ। त्यस्तै दोस्रोमा केही समय अघि मात्र आइपिओ निष्कासन गरेको महिला लघुवित्तको रहेको छ। महिला लघुवित्तको वार्षिक प्रति शेयर आम्दानी ८५ रुपैयाँ ६६ पैसा रहको छ। त्यस्तै ग्लोबल आइएमई लघुवित्तको ८५ रुपैयाँ २६ पैसा, फरवार्डको ७७ रुपैयाँ ७ पैसा, छिमेक लघुवित्तको ६९ रुपैयाँ ६४ पैसा रहेको छ।

सानाकिशान लघुवित्तको पनि प्रति शेयर आम्दानी ५० नजिकै रहेको छ। सानाकिसानको प्रति शेयर आम्दानी ४९ रुपैयाँ ६२ पैसा रहेको छ।

Notes:
  • EPS of Mithila Laghbubitta (MLBBL) has been adjsuted because of its 12% Bonus Shares.
  • EPS of Janautthan Samudayic Laghubitta (JSLBB) is adjusted because of its 49.4% Bonus Shares.
  • The EPS  shown here is adjusted EPS after the book closure of Bonus and Right Shares .

Click here to join Gyanmandu.com's Viber Community

Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x