दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ आजबाट खुल्ला, क-कसले दिन पाउँछ आवेदन ?


ज्ञानमाण्डू। दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज (वैशाख १३ ) देखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ ।कम्पनीले प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको दाेर्दी गाउँपालिकाका बासिन्दाहरूका लागि आईपीओ विक्री गर्न लागेको हो।

कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता दश लाख (१०,००,०००) तोकेको छ। सो कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ०५ करोड ४२ लाख ६० हजार ४०० मध्ये १० प्रतिशतले हुने साधारण शेयर रु.१०० अङ्कित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयरको आईपीओ विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) बैशाख २७ रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा स्थानीयले ढिलोमा जेठ ११ गते सम्म आवेदन पेस गर्न सक्नेछन्।

कम्पनीको आईपीओ खरिद गर्नको निम्ति आवेदकले सिद्धार्थ बैङ्क बेसीशहर शाखा लमजुङ, ग्लोबल आइएमई बैङ्क सेराबजार दोर्दी शाखा, कामना सेवा विकास बैङ्क बेसीशहर शाखा लमजुङ, मुक्तिनाथ विकास बैङ्क बेसीशहर शाखा लमजुङ र एनएमबि बैङ्क बेसीशहर शाखा लमजुङबाट आवेदन पेस गर्न सक्नेछन्।

यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x