एक झलकमा बीमा उद्योग, इतिहास र वर्तमान


ज्ञानमाण्डू। बढ्दो आर्थिक र सामाजिक विकासका लागि नेपाल बैङ्क, नेपालको पहिलो बैङ्क सन् १९९४ मा स्थापना भएको थियो। नेपाल बैङ्क लिमिटेडको स्थापनासँगै बैङ्कले विभिन्न औद्योगिक प्रतिष्ठानहरूलाई प्रदान गरेको ऋण सुरक्षित गर्न बीमाको आवश्यकता र अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको देखियो । यस अवधिमा केही भारतीय बीमा कम्पनीहरूले नेपालमा निर्जीवन बीमा सेवाको सुरुवात गरेका थिए ।

नेपालमा पहिलो बीमा कम्पनी सन् २००४ मा स्थापना भएको थियो । जसको नाम ‘नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड’ राखिएको थियो। उक्त संस्था नेपाल कम्पनी ऐन अन्तर्गत नेपाल बैङ्कको पूर्ण स्वामित्वमा स्थापना भएको थियो। नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड बीमाको अवधारणा कायम राखेर निर्जीवन बीमा व्यवसाय गर्ने प्रमुख र पहिलो कम्पनी स्थापित हुन सफल भएको मानिन्छ । यस कम्पनीको तत्कालीन अधिकृत पुँजी पाँच लाख थियो ।

सन् २०१६ मा कम्पनीको नाम ‘नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड’ बटा परिवर्तन गरी ‘नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड’ राखिएको थियो । त्यस पश्चात् २०४८ सालमा नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्नको लागि ‘नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेड’लाई 'नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड'को रूपमा पुनः नामकरण गरिएको थियो। यस कारण, नेपाल इन्स्योरेन्स कम्पनीलाई हामी नेपालको सबै भन्दा पहिलो बीमा कम्पनीका रूपमा चिन्दै आएका छौँ। उक्त बीमा कम्पनीले बीमा ऐन २०४९ अन्तर्गत निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ।

यसरी निर्जीवन बीमाको केही बजार उक्त इन्स्योरेन्स कम्पनीले समेट्न सक्यो तर पनि जीवन र निर्जीवन बीमाको लागि नेपालको पुँजी विदेशिने क्रम भने जारी नै रह्यो । यसलाई नियन्त्रण गर्नका लागि राष्ट्रियस्तरको बीमा संस्थानको आवश्यकता महसुस गरी तेस्रो पञ्चवर्षीय योजनाअन्तर्गत नेपालमा बीमा संस्थान स्थापना गर्ने योजना अघि सारिएको थियो । बीमा संस्थान स्थापना गर्नका लागि वि.सं. २०२४ साल भाद्र १ गते एउटा अस्थायी समिति गठन गरी प्रतिवेदन तयार गर्न लगाइएको थियो ।

उक्त प्रतिवेदनको आधारमा कम्पनी ऐन २०२१ अनुसार सरकारी स्वामित्व रहने गरी वि.सं. २०२४ साल पौष १ गते राष्ट्रिय बीमा संस्थान प्रा.लि.को स्थापना भयो र विधिवत् रूपमा उद्घाटन वि.सं. २०२५ साल फागुन ११ गते तत्कालीन राजा महेन्द्रको हातबाट गरिएको थियो । निर्जीवन बीमा मात्र गर्ने यस कम्पनीको अधिकृत पुँजी रू. १ करोड र चुक्ता पुँजी रू. २५ लाख थियो । वि.सं. २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन २०२५ पारित गरी यस बीमकको नाम वि.सं. २०२५ पौष १ गते राष्ट्रिय बीमा संस्थानमा परिणत गरियो ।

त्यति बेला नेपालमा जीवन बीमा कम्पनी खुलेका थिएनन् । तर भारतीय जीवन बीमा निगमले विशेष शर्तमा कार्यालय खोलेर व्यवसाय सञ्चालन गर्ने गरेको थियो । वि.सं. २०२९ साल फागुन ७ गतेका दिनदेखि राष्ट्रिय बीमा संस्थानले जीवन बीमाको पनि सुरुवात गरेको थियो । यसको लगत्तै भारतीय जीवन बीमा निगमले आफ्नो बीमा व्यवसाय राष्ट्रिय बीमा संस्थानलाई हस्तान्तरण गरी नेपालमा रहेको आफ्नो कार्यालय बन्द गर्यो । यस संस्थानको स्थापनाले विदेशी कम्पनीसँग नै बीमा गर्नुपर्ने बाध्यताको अन्त्य भयो र केही हदसम्म पुँजी पलायनलाई रोक्न सक्ने भयो ।

वि.सं. २०४४ सालमा निजी क्षेत्रको बीमा कम्पनी नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लि.को स्थापना भयो । यसले जीवन र निर्जीवन दुईवटै बीमा व्यवसाय गर्दथ्यो । हाल आएर उक्त कम्पनीको नाम नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि. र एनएलजी इन्स्योरेन्स कम्पनी लि. बनाइयो । सन् २००१ सेप्टेम्बर १ तारिखका दिन लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) लि. स्थापना गरी जीवन बीमा व्यवसायको सुरुवात गर्यो ।

बढ्दो बीमा कम्पनीहरूको थपिने क्रम र यी बीमा कम्पनीहरूको अनुशासित व्यवस्थापनका लागि तत्कालीन सरकारले वि.सं. २०२५ सालमा अर्थ मन्त्रालयको एउटा इकाईको रूपमा बीमा समितिको स्थापना गरेको थियो । उक्त समितिले वि.सं. २०२६ साल जेष्ठ १ गते प्रथम बैठक बसेर आफ्नो काम सुरु गरेको थियो ।

हाल नेपाल अधिराज्य कुल १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनीहरू सञ्चालनमा रहका छन्। बीमा समितिले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ अषाढ सम्मको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका अधिकांश बीमा कम्पनीहरूको कुल चुक्ता पुँजी ३८ अर्ब २१ करोड रहेको छ भने यसै अवधिमा सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरूको कुल चुक्ता पुँजी १९ अर्ब २८ करोड रहेको छ।

उक्त अवधिमा सञ्चालनमा रहेका अधिकांश बीमा कम्पनीहरूले कुल १ खर्ब ५२ अर्ब ६५ करोड बीमा शुल्क आर्जन गरेका छन्। जसमध्ये, सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरूले जम्मा १ खर्ब २० अर्ब ९५ करोड जीवन बीमा शुल्क आर्जन गरेका छन् भने सोही अवधिमा सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ७० करोड निर्जीवन बीमा शुल्क आर्जन गरेका छन्।

समीक्षा अवधिमा कुल ग्राहस्थ्य उत्पादनमा कुल बीमा शुल्कको योगदान ३.५८ प्रतिशत रहेको छ। यस अवधिमा कुल जनसङ्ख्याको २७ प्रतिशतमा बीमाको पहुँच(वैदेशिक रोजगार बीमा समेत) पुगेको देखिन्छ। यदि वैदेशिक रोजगार बीमा समावेश नगर्ने हो भने कुल जनसङ्ख्याको २४.७३ प्रतिशतमा बीमाको पहुँच पुगेको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७७/७८ अषाढ सम्मको तथ्याङ्क अनुसार बीमा क्षेत्रमा हाल १० हजार ७५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। सो अवधिमा करिब ४०० जनाले बीमा सर्वेयरको भूमिका निर्वाह गरेका छन्। समीक्षा अवधिमा बीमा क्षेत्रमा करिब २ लाख ५० हजार जना अभिकर्ता रहेको तथ्याङ्कले जनाएको छ।

आर्थिक वर्ष २०७७/७८ अषाढ सम्मको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा बीमा उद्योग २६.२८ प्रतिशतले वृद्धि भएको देखिन्छ। यस अवधिमा जीवन बीमाको वृद्धि दर २७.१२ प्रतिशत रहेको छ भने निर्जीवन बीमाको वृद्धि दर २२.७४ प्रतिशत रहेको छ।

तथ्याङ्क स्रोत: बीमा समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x