सिद्धार्थ बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्दै

ज्ञानमाण्डू। सिद्धार्थ बैंकले भदौ ५ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले निष्काशन गर्न लागेको ऋणपत्रमा वार्षिक १० दशालव २५ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५५ सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई (युनिट) ऋणपत्र बिक्री गर्न लागेको हो । जसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्ने जनाएको छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिट रहेको छ । ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस दिएको छ ।

ऋणपत्र निष्कासन बन्द छिटोमा भदौ ९ र ढिलोमा असोज ५ गते हुने सिद्धार्थले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x