वाणिज्य बैङ्कको निक्षेप यथावत्, सिडी रेसियो ९०.४३ प्रतिशतमा


ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार वाणिज्य बैङ्कहरूको निक्षेपमा कुनै परिवर्तन आएको छैन।तथ्याङ्कको अनुसार, बिहीबार जेष्ठ ५ गते वाणिज्य बैङ्कहरूको निक्षेप ४३ खर्ब ७५अर्ब रुपैयाँ कायम भएकाे थियाे।

यता वाणिज्य बैङ्कको ऋणमा भने २ अर्बको वृद्धि भएको छ। बुधबार जेष्ठ ४ गते वाणिज्य बैङ्कले ४७ खर्ब १७ अर्ब रुपैयाँ कर्जा दिएका थिए भने सो ऋणमा वृद्धि भएर बिहीबार जेष्ठ ५ गते ४७ खर्ब १९ अर्ब रुपैयाँ पुगेको थियाे। बुधबार ९०.३० प्रतिशत कायम भएको कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) बिहीबार भने ९०.३४ प्रतिशत कायम भएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x