सागको उद्घाटन र समापनका दिन काठमाडौंमा जोर बिजोर प्रणाली

ज्ञानमाण्डू।मङ्सिर १५ र २४ गते काठमाडौँ उपत्यकामा गुड्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लागु हुने भएको छ ।१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उद्घाटन र समापनका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ ।

ट्राफिक प्रहरीका अनुसार मङ्सिर १५ बिजोर नम्बर भएका सवारी साधन मात्र चल्न पाउनेछन् भने २४ गते जोर नम्बर भएका सवारी साधन मात्र चल्नेछन्। सार्वजनिक र निजी दुवै सवारी साधनको हकमा यो नियम लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जोर बिजोरको गणना सवारी नम्बरको अन्तिम अङ्कबाट निर्धारण हुनेछ ।

आइतबारबाट सुरु हुने १३औँ सागमा करिब १९ हजार सुरक्षा कर्मी परिचालित हुने सागको सुरक्षा समितिले जनाएको छ ।यस्तै, खेलमा नेपालबाट ५ सय ९९ जना खेलाडीहरूले सहभागिता जनाउने छन् ।  जसमा ३ सय १२ पुरुष र २ सय ८७ महिला खेलाडीहरू छन् ।  

आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, जुडो, कराँते, सुटिङ, स्क्वास, पौडी, टेबल टेनिस, तेक्वान्दो, टेनिस, भारोत्तोलन, उसु, कुस्ती, भलिबल, बिच भलिबल, फुटबल, ह्यान्डबल, बास्केटबल, ३ इन्टु ३ बास्केटबल, खो खो, ट्राइयाथोलन, कबड्डी, क्रिकेट, गल्फ, साइक्लिङमा प्रतिस्पर्धा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का प्रतिस्पर्धाहरू भने काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा हुनेछन् ।  ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x