प्रभु बैंक लिमिटेड र होटेल ड फ्लेमिङ्गो प्रा. लि.का बिच आकर्षक छुट गर्ने सम्झौता


ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेड र होटेल ड फ्लेमिङ्गो प्रा.लि.का बिच होटेल ड फ्लेमिङ्गोमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख श्री सन्तोष खत्री र होटेल ड फ्लेमिङ्गो प्रा.लि.का तर्फबाट निर्देशक श्री दिलीप गौचन द्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र होटेल ड फ्लेमिङ्गो प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरूले होटेल ड फ्लेमिङ्गो प्रा.लि. द्वारा सञ्चालित होटेलमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त हुने कम्पनीले बताएको छ।

उक्त सम्झौता अन्तर्गत होटेल ड फ्लेमिङ्गो प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, होटेल ड फ्लेमिङ्गो प्रा.लि का सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x