ग्लाेबल आइएमई बैंककाे खुद ब्याज आम्दानी ५ अर्ब १६ करोड रुपैयाँ

ज्ञानमाण्डू।ग्लाेबल आइएमई बैंकको गत वर्षको तुलनामा खुद नाफा ३३ प्रतिशतले बढेकाे छ। अघिल्लो आ.व. (२०७४/७५) मा बैङ्कले २ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो भने अहिले २ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ नाफा कमाएकाे छ ।

आ.व. (२०७४/७५) मा ३ अर्ब ८७ करोडको खुदा ब्याज आम्दानी गरेकाे ग्लाेबल आइएमई बैंकले व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी बढाएर ५ अर्ब १६ करोड रुपैयाँ कमाउन सफल भएको छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ०.५५ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात १०.८८ गुणा बढी छ ।

आ.व. (२०७५/७६) मा १ खर्ब २० अर्ब निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको ग्लाेबल आइएमई बैंकको आधारदर ९.५ प्रतिशत, ब्याजदर अन्तर ४.४७ प्रतिशत, निक्षेप लागत ७.१८ प्रतिशत, सीसीडी रेसियो ७८.६९ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x