निरन्तर उकालो लाग्न थालेको सुनको मूल्य, मंगलबार पनि प्रतितोला ६०० रुपैयाँले बढ्याे


ज्ञानमाण्डू। नेपाली बजारमा निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्य आज पनि वृद्धि भएको छ। 

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ४ गते, मंगलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।



अघिल्लो कारोबारी दिन अर्थात सोमबार जेठ ३ गतेका दिन, छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।



मंगलबार सुनको मूल्यमा वृद्धि भएसँगै चाँदीको मूल्यमा पनि वृद्धि आएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन सोमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँले उकालो लागेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x