भाषा र सीप हस्तान्तरण गर्न माग

ज्ञानमाण्डू।यहाँका कुमाल समुदायले आफ्नो समुदायका लोपोन्मुख व्यवसाय, भाषा, कला तथा संस्कृति प्रवर्द्धनमा थप जुट्ने प्रतिबद्धता जनाएका छन् । 

नेपाल कुमाल समाज सुधार समिति पाल्पाको चौथो जिल्ला अधिवेशनका सहभागीले यसका लागि राज्यले सहयोग गर्न आवश्यक रहेको औँल्याए । शनिवार यहाँ आयोजित कार्यक्रममा समितिका केन्द्रीय सदस्य सावित्रा कुमालले आफ्नो समुदायको हकहित र अधिकारको संरक्षण गर्न समुदाय स्वयं जुट्न आवश्यक रहेकामा जोड दिइन् । “जिल्लामा छ स्थानीय तहका विभिन्न स्थानमा कुमाल समुदायको व्यवसाय न्यून रहेको छ, तिनको पेशालाई प्रोत्साहन गर्न राज्यले पहल गर्नुपर्छ”, उनको भनाइ छ । 

कार्यक्रममा रामपुर नगरपालिका वडा नं ६ का वडा सदस्य लोकमाया कुमालले अहिले कुमाल समुदायका युवामा माटाका भाँडा बनाउने सीप अभाव रहेको बताइन्। रामपुर र नगरपालिका तथा बगनासकाली, रैनादेवी छहरा, माथागढी, रिब्दीकोट गाउँपालिकालगायत क्षेत्रमा कुमाल समुदायको बसोबास छ । पाण्डुरे नाच अर्थात् नचरी लोकसंस्कृतिका रूपमा सो समुदायमा परिचित छ ।

भाषा र सीप हस्तान्तरण नहुँदा समुदाय पछाडि परेको रामपुरका गणेशकुमार कुमालले बताए । रामपुर हेक्लाङ कुमालगाउँका यमकान्त कुमालले भने, “पहिले–पहिले धान, चामल, आलु, भटमास, बोडीलगायत अन्न, तरकारी बालीसँग मानापाथीको भाउमा भाँडा बिक्री हुन्थ्यो, त्यसबाटै जहान पालिन्थ्यो ।”रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x