एन आई सी एशिया क्यापिटल तेश्रो वर्ष पुरा भएको अवसरमा क्यापिटलको सेवामा विशेष छुट

ज्ञानमाण्डू।एन आई सी एसिया क्यापिटल लिमिटेड मिति २०७६ साल फागुन २२ गते सञ्चालनमा आएको तीन वर्ष पुरा गरेको जानकारी गराउँदछ ।

सञ्चालनमा आएको छोटो समयमा नै मर्चेण्ट बैङ्किङ क्षेत्रमा सफल मर्चेण्ट बैंकरको रूपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैङ्किङ व्यवसायमा तीव्र रूपमा प्रतिशपर्दा रहँदा समेत एन आई सी एसिया क्यापिटल सञ्चालनमा आएको तीन वर्षको छोटो अवधिमै निम्न उपलब्धि हासिल गर्न सफल भएको छ ।

क्यापिटलको हाल सम्मको प्रमुख उपलब्धिहरू :

  • मर्चेण्ट बैंकरहरु मध्ये पहिलो ISO 9001:2015 Certified क्यापिटल ।
  • निक्षेप सदस्य तर्फ १ लाख ८३ हजार भन्दा बढी हित ग्राही खाता ।
  • लगानी व्यवस्थापन सेवा तर्फ ३०० ग्राहकहरूलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको ।
  • नेपालमै पहिलो पटक IPO ३७ घण्टमा बाँडफाँट गर्न सफल।  
  • सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ सन्ध्याकालीन काउन्टर सञ्चालन गरिरहेको ।
  • शेयर रजिस्ट्रार सेवा तर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी सेयर धनीहरूलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको ।
  • ३५ हजार भन्दा बढी इकाई धनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको । साथै नेपालमै पहिलो पटक ऋण पत्रमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना सञ्चालन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको ।


साथै क्यापिटलले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरूलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रूपमा हित ग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै मिति २०७६ साल फागुन २२ गते देखि मिति २०७६ साल चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

क्यापिटलको तेस्रो वर्ष पुरा गरेको अवसरमा क्यापिटलमा हित ग्राही खाता खोली शेयर कारोबार गर्नुहुने खाताधारकहरु, क्यापिटलले सञ्चालन गरेको सामूहिक लगानी योजनामा लगानी गरेका इकाईधनीहरु, क्यापिटलको लगानी व्यवस्थापन (Portfolio Management Service-PMS) सेवा लिइरहेका सेवाग्राहीहरु, शेयर रजिस्ट्रार सेवामा आबद्ध कम्पनीहरू तथा नियमक निकायहरू लगायत सम्पूर्ण सरोकारवालाहरूमा समस्त क्यापिटल परिवार हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्न चाहन्छ । साथै आगामी दिनमा समेत यस क्यापिटलबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र सेवाग्राहीमुखी उच्च कोटिको सेवा उपलब्ध गराउन सदैव कटिवद्ध रहने कुरा प्रेस विज्ञप्तिद्वारा जनाइएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x