यसपालिको होलीमा एन आई सी एशिया बैङ्कको शत प्रतिशत नगद फिर्ता अफर

ज्ञानमाण्डू।एन आई सी एसिया बैङ्क लिमिटेडले होली पर्वलाई लक्षित गरी यस बैङ्कका मोबाइल बैङ्किङ प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ । यस योजना अन्तर्गत मोबाइल बैङ्किङ प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकहरूले १०० प्रतिशत वा अधिकतम रू. ५,००० सम्म नगद फिर्ता प्राप्त गर्न सक्ने छन् । बैङ्कले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैङ्किङ सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटेल तथा रेस्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैङ्कले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकहरूले पर्याप्त फाइदा उठाउँदै आएका छन् । जसअनुसार बैङ्कको मोबाइल बैङ्किङ प्रयोग गर्दा मासिक रू. १५,४०० सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक रू. ६,००० सम्मको लाभ ग्राहकहरूले लिई रहेका छन् । Digital First को रणनीति अवलम्बन गरी डिजिटल बैङ्किङ क्षेत्रमा अग्रणी बैङ्कका रूपमा स्थापित हुन सफल भैसकेको यस बैङ्क विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रामक रूपमा अघि बढिरहेको छ ।

मोबाइल बैङ्किङ र डेबिट- क्रेडिट कार्ड प्रयोगमा अफरै अफर:

प्रत्येक शुक्रवार बेलुकी ८ बजे देखी शनिवार बिहान ८ बजेसम्म सञ्चालित ह्याप्पी आवरमा मोबाइल बैङ्किङ सेवा प्रयोग गरी ५ प्रतिशत वा रू. १०० सम्म क्यास ब्याक, पहिलो पटक बिजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा रू. १,००० सम्म छुट, प्रत्येक बुधवार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत क्यास ब्याक, प्रत्येक बुधवार daraz.com बाट सामान खरिद गर्दा १० प्रतिशत वा रू. ५०० सम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा रू. २,००० सम्म छुट लगायत विभिन्न अफरहरू बैङ्कले सञ्चालन गरिरहेको छ । यस बैैंकको मोबाइल बैङ्किङ सेवा प्रयोग गरी रिचार्ज गर्दा ३ प्रतिशत छुट पनि उपलब्ध छ । यसका अतिरिक्त बैैंकका ग्राहकहरूले मोबाइल बैङ्किङ र डेबिट कार्ड प्रयोग गरी रू. २ हजार भन्दा बढी अस्पताल, होटेल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । साथै, यस बैङ्कले सञ्चालन गरेको ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैङ्किङ प्रयोग गरी अधिकतम कारोबार सङ्ख्या गर्ने ३ जना ग्राहकहरूले प्रत्येक हप्ता जनही रू. ५०० तथा मासिक रूपमा अधिकतम कारोबार सङ्ख्या गनेर ३ जना ग्राहकहरूले जनही रू. १,००० सम्मको नगद उपहार प्राप्त गर्दै आएका छन् । यस बैङ्कले सञ्चालन गरेका "Swipe More, Save More" ‘भाट भटेनी क्यास ब्याक अफर,’ Valentine’s day,’ ‘वल्ड लिङ्क क्यास ब्याक अफर,’ ‘फुडमान्डु क्यास ब्याक अफर’ लगायतका विभिन्न अफरहरूमा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

बैङ्कलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैङ्क प्रतिको भरोसाले गर्दा यस बैङ्कको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४५२ एटिएम, १०७ वटा एक्सटेन्सन काउन्टर एवं ५७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैङ्किङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैङ्क हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैङ्कका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साह प्रद रहेका छन् । उत्तरदायी बैङ्किङको अभ्यास गर्दै आएको यस बैङ्कले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको कुरा बैङ्कले प्रेस विज्ञप्तिद्वारा जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x