शताब्दी पुरुष खुला चित्रकला प्रतियोगिता

ज्ञानमाण्डू।वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका सम्मानमा ‘वाङ्मय शताब्दी पुरुष दोस्रो खुला चित्रकला प्रतियोगिता’ हुने भएको छ । योङ पिकासो, शान्ति विद्याश्रम माध्यमिक विद्यालय, सहयात्रा नामक संस्था र पाटन दरबार सङ्ग्रहालयको संयुक्त आयोजनामा यही माघ १५ गते उक्त प्रतियोगिता हुन लागेको हो । 

सो प्रतियोगिता उमेर स्तर र खुला गरी दुई विधामा दुई चरणमा हुने योङ पिकासोका कार्यक्रम निर्देशक अजय देशारले जानकारी दिएका छन् । उनका अनुसार यही माघ १५ गते पहिलो चरणमा ललितपुर महानगरपालिका–८ स्थित शान्ति विद्याश्रम माविमा प्रतियोगिता हुनेछ भने दोस्रो चरणमा माघ २४ देखि २७ गतेसम्म सङ्ग्रहालयको भण्डारखाल बगैँचामा ‘अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०७६’ पनि आयोजना गरिनेछ । पहिलो चरणको प्रतियोगितामा उत्कृष्ट हुने ३० बालबालिकाले दोस्रो चरणको प्रतियोगितामा भाग लिन पाउने छन् । 

चित्रकला प्रतियोगितामा जोशी स्वयं उपस्थित हुने हुँदा प्रत्यक्ष चित्रकला ‘लाइभ पेन्टिङ’ हुनेछ ।” खुलातर्फको प्रतियोगितामा भने १३ वर्ष उमेरमाथिका हरेक मानिसले भाग लिन पाउने देशारले जानकारी दिए । प्रतियोगितामा सहभागी बालबालिकाले जोशीको चित्रका साथै आफूलाई मन परेका चित्र पनि कोर्न पाउने बताइएको छ । 

प्रतियोगितामा सहभागी हुने देशका वरिष्ठ कलाकारले प्रत्यक्ष रूपमा जोशीको चित्र कोर्नु पर्नेछ । कुनै कलाकारलाई जोशीले विगतको जीवनकालमा गरेका कामबारे चित्र कोर्न चाहेमा आयोजकले उनको पुरानो तस्बिर पनि उपलब्ध गराउने छ ।

प्रतियोगितामा दुवै विद्यातर्फका करिब ६०० कलाकारले भाग लिने आयोजकले जनाएका छन् । खुलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई रु २०, रु १५ र रु १० हजार दिनुका साथै उमेर स्तरको चित्रकलामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई रु १२, रु आठ र रु पाँच हजार नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रममा चित्रकलाको विकास र विस्तारका लागि लामो समय योगदान पुर्‍याएका व्यक्तिमध्ये एक जनालाई रु १० हजार राशिसहित सम्मान पनि गरिने भएको छ । 

यसै गरी युवा चित्रकारमध्ये एक जनालाई जोशीको चित्रकला पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । जोशीको चित्र कोर्ने उत्कृष्ट कलाकारको चित्रलाई नेपाल भ्रमण वर्ष–२०२० भर प्रचारप्रसार गरिने सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिएका छन् । चार वर्षअघि वाङ्मय शताब्दी पुरुषसम्बन्धी पहिलो खुला चित्रकला प्रतियोगिता आयोजना भएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x